नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति ; २०८०।१०।२७

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई प्रहरीले साइबर क्राइमको आरोपमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको छ ।

तर, त्यसको दुरुपयोग गर्दै जुन उद्देश्य र प्रयोजनका लागि कानुन ल्याइएको हो, त्यसलाई गलत तरिकाबाट प्रयोग गरी प्रहरीले पत्रकारद्वयलाई पक्राउ गरिएको यो घटनाले महासंघलाई अत्यन्त दुःखी बनाएको छ ।

महासंघ विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को जुन प्रयोजनका लागि ल्याइएको सोही प्रयोजनका निम्तिमात्र प्रयोग गरी पत्रकारद्वयको तत्काल रिहाइका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम हो । र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधीे कार्यमा संलग्न प्रहरीमाथि कारबाही गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

 

रोसन पुरी

महासचिव