अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता राजकरण महतोमाथि काठमाडौंमा सार्वजनिक यातायातका सहचालकले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०८०/१०/९

नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सचिव तथा अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता राजकरण महतोमाथि काठमाडौंमा सार्वजनिक यातायातका सहचालकले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

महासंघ महोत्तरी शाखाका अनुसार यही माघ ७ गते दिउँसो काठमाडौं तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२.ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात नामको बसका सहचालक र चालकले साम्प्रदायिक विभेदपूर्ण गाली गर्नुकासाथै अश्लील गालीगलौज गरेका थिए । 

महासंघ हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गर्दछ । साथै, महासंघ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।


रोसन पुरी 
महासचिव