रेडियो नेपालमा कार्यरत पत्रकार सञ्जीव विक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०७।०२

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य तथा रेडियो नेपालमा कार्यरत पत्रकार सञ्जीव विक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघ सप्तरी शाखाका अनुसार कात्तिक १ गते बुधबार पोखरी ठेक्कासम्बन्धी विवादमा सप्तरीस्थित डाकनेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहलाई वडाबासीले कार्यालयमा घेराबन्दी गरी प्रदर्शन गरेका थिए । सोही विषयको समाचार संकलनका लागि पुगेको पत्रकार शाहलाई जनमत पार्टीका कार्यकर्ताले हाम्रो विरुद्ध किन समाचार लेखेको भन्दै हुलहुज्जत गर्दै हातपात गरेका थिए ।
नागरिकलाई सुसूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि भएको हातपातको घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुग्ने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र यस्ता कार्य दोहोरिन नदिन आवश्यक कदम चाल्न तथा पत्रकारको सुरक्षामा गम्भीर हुन  महासंघ स्थानीय प्रशासनसँग माग माग गर्दछ ।

..............
रोसन पुरी
महासचिव