नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य कृष्ण ज्ञवाली ‘अन्जान’ को ५५ वर्षको उमेरमा ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

 

मिति :२०८०।०४।२१

नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य कृष्ण ज्ञवाली ‘अन्जान’ को ५५ वर्षको उमेरमा ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । पत्रकार ज्ञवालीको साउन १९ गते उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ थानपति निवासी ज्ञवाली लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । कास्की, नवलपरासी र रुपन्देहीमा रहेरसमेत पत्रकारिता गरेका ज्ञवाली पछिल्लो समय सेतोमसी डटकम अनलाइनलगायतमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय ज्ञवालीका श्रीमती, एक छोरा र एक छोरीे हुनुहुन्छ ।

महासंघ स्वर्गीय पत्रकार ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव