नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हरिप्रसाद रिजालको ४३ वर्षको अल्पायुमै ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

 

मिति :२०८०।०४।१९

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हरिप्रसाद रिजालको ४३ वर्षको अल्पायुमै ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । पत्रकार रिजालको साउन १९ गते बिहान २ः०० बजे ह्दयघातका कारण काठमाठौंमा निधन भएको हो । स्वर्गीय रिजाल आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक अग्रज पत्रकार प्रल्हाद रिजालका सहोदर भाइसमेत हुनुहुन्थ्यो ।

धादिङको निलकण्ठ नगरपालिका–६ सुनौलो बजारमा जन्मेका रिजाल काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय आर्थिक राष्ट्रिय दैनिकको सम्पादन समुहमा कार्यरत रहेका रिजालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय रिजालका श्रीमती र एक छोरीे हुनुहुन्छ ।

महासंघ स्वर्गीय पत्रकार रिजालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव