सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर दुव्र्यवहार गर्नुका साथै आक्रमण प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८०/३/७

स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरी सहितको समूहले दुव्र्यवहार गर्नुका साथै आक्रमण प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरी सहितको एक समूहले बुधवार अनामनगरमा दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गरेको जानकारी सम्पादक सापकोटाले महासंघलाई गराउनु भएको छ ।

गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । समाचारको विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमणको प्रयास र दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रता माथिको आक्रमण हो ।
प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानुनी वाटो अवलम्बन गर्नुको साटो दुव्र्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय छ । महासंघ घटनाको निष्पक्ष छानविन गरी कानुनी कारवाही गर्न सम्बन्धित निकायसंग माग गर्दछ ।


 
गोविन्द प्रसाद चौलागाई
सचिव