श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले निष्कासन गर्ने, दबाबपूणर् विदामा राख्ने, तलव-भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य हाल पनि जारी रहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७९।०६।०९

विभिन्न सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले निष्कासन गर्ने, दबाबपूणर् विदामा राख्ने, तलव-भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य हाल पनि जारी रहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघले पटकपटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै केही सञ्चारगृह यस्ता समस्या समाधानमा अभैm गम्भीर र जिम्मेवार नबन्दा ती सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका छन् ।

नेपालीहरूको महान पर्व दसै‌ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू तलवविहीन बन्नु पर्दाको पीडादायी अवस्था विद्यमान छ । एकातिर श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन भने अर्कोतिर सञ्चारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ । महासंघ दसैंअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग हार्दिक आग्रह गर्दछ ।

श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारहरूका अगाडि आन्दोलनमात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चारगृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निणर्य गरेको छ । महासंघ सम्पूणर् शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चारगृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन आग्रह गर्दछ ।

विभिन्न सञ्चारगृहका पीडित पत्रकारहरूले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रति महासंघ जोडदार समर्थन र ऐक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकार हक, हितका लागि हुने सबै प्रकारका आन्दोलनमा महासंघको सहभागिता रहने स्पष्ट गर्दछ । पीडित पत्रकारहरुले अघि बढाएका मागहरूको हालसम्म पनि सञ्चारगृहबाट सुनुवाई हुन नसकेकोमा खेद व्यक्त गर्दै समयमै ती समस्याहरुको सुनुवाई नभए महासंघको निणर्य र समन्वयमा असोज १२ गतेदेखि संघर्षका थप कार्यक्रमहरू अघि बढाइने जानकारी गराउँदछ ।

 

रोसन पुरी

महासचिव