सम्पादक सज्जन कुमार सिंहलाइ दिइएकाे धम्कीकाे घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०६।०९

नेपाल पत्रकार महासंघ बागलुङका सदस्य तथा इलाकाखबर अनलाइनका सम्पादक सज्जन कुमार सिंह (सूर्य बहादुर विश्वकर्मा) र उहाँका परिवारलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । 

महासंघ गण्डकी प्रदेश समितिका अनुसार Ganesh Gaming भन्ने फेसबुक आइडीबाट पत्रकार सिंहको म्यासेज बक्समा अश्लील गालीगलौजसहित पत्रकार सिंहसहित उहाँको परिवारलाई भौतिक कारबाहीको धम्की दिइएको छ ।

महासंघ पत्रकार र पत्रकारका परिवार असुरक्षित बनाउने गरी धम्की दिइएको यो घटनालाई गम्भीर रूपमा लिई धम्की दिने व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव