शोक विज्ञप्ति


मिति : २०७९/४/२४

शोक विज्ञप्ति 

नेपाल पत्रकार महासंघ केन्द्रीय मधेश विभागका सदस्य तथा न्यूज २४ टेलिभिजन कपिलवस्तु जिल्ला संवाददाता मनोजकुमार श्रीवास्तवलाई मातृशोक परेको छ ।
विभिन्न रोगबाट ग्रस्त श्रीवास्तवकी ममतामयी माता श्री करुणादेवी श्रीवास्तवको ७३ बर्षको उमेरमा २०७९ साउन २३ गते राती असामयीक निधन भएको हो । 
नेपाल पत्रकार महासंघ स्वर्गीय श्रीवास्तवप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा रहनुभएका पत्रकार मनोजकुमार श्रीवास्तव सहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।


गोविन्द प्रसाद चौलागाई 
      सचिव