पत्रकार दिनेश बस्नेतमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७६।०३।०६

सल्लेरी खवर डटकमका सम्पादक दिनेश बस्नेतमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
असार ५ गते समाचार संकलनका क्रममा रहेका पत्रकार बस्नेतमाथि शैलेस श्रेष्ठ, सन्जय लामासहितका समुहले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार बस्नेतको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।
आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारमाथि दिन दाहाडै भएको सांघातिक आक्रमणले मुलुकमा पत्रकारको सुरक्षा अवस्था दयनीय रहेको थप प्रष्ट्याएको छ । महासंघ पत्रकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्न सबैको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।


रमेश विष्ट
महासचिव